Skip to main content

Posts

Showing posts from June, 2018

आमा

एउटा कार रोकियो। कारको एक साइडको कालो सिसा अटोमेटिक खोलियो। त्यहीबाट टाउको बाहिर निकाल्दै निधारमाथि कालो चश्मा लगाएका एक सज्जनले भने, “कति हो आमै एउटा मकैको?” धुँवाले खोक्दै भनिन्, “२५।” “२० मा आउँदैन?” “अहँ।” “दिनुस् न दिनुस् २० मा। जाबो पाँच रुपैयाँ त हो नि।” “यति दुख गरेर ल्याएको मकै। कसरी दिनु अलिकति पनि नाफा नगरी?” “अरु ठाउँमा त जतिपनि पाइन्छ है २० मा।” “मिल्दैन हजुर।” “नदिने त २० मा, उसोभए?” “२५ मै लैजानुस्। मकै मिठो छ।” “जतिसुकै मिठो भएपनि २० मा दिइनौ। जाबो पाँच रुपैयाँ पनि मिलाइनौ। भयो चाहिएन।” इति भनेर उनले गाडी गुड्यो। ती आमैसँग मैले एउटा मकै किनेँ। र, त्यही छेउमा आड लाएर खान थालेँ। त्यो गाडी केही पर गयो र त्यही नजिकै एउटा रेष्टुरेन्टअगाडि पार्क गरकोे देखँं। गाडीबाट झरेर ती सज्जन रेष्टुरेन्टभित्र पसे। त्यो रेष्टुरेन्टलाई बाहिरबाट हेर्दा यतिचाहिँ यकिनसाथ भन्न सक्छु कि त्यहाँ पाइने सबैभन्दा सस्तो परिकार कम्तिमा १०० रुपैयाँभन्दा बढी नै पर्छ। ती सज्जनले त्यस रेष्टुरेन्टमा खाने मम, चाउमिन वा अरु कुनै आइटम कम्तिमा १०० भन्दा बढीको पक्कै खानेछन्। सम्पन्...