– एन्ड्रयु कारनेगीले जम्मा ३ डलरबाट आफ्नो व्यावसाय सुरूवात गरेका थिए । – धिरूभाइ अम्बानी १७ वर्षको उमेरमा नोकरीका लागि खाडी मुलुक पुगेका थिए । – सर आइज्याक न्युटनले जम्मा २ वर्ष मात्र स्कूल पढ्न पाएका थिए । – अब्दुल कलामले वाल्यकालमा पत्रिका बेच्दथे, उनलाई MIIT मा भर्ना गर्न १००० रूपैया नहुदा बहिनीको गहना धितो राख्नुपरेको थियो । – कार्ल मार्क्स यति चरम आर्थिक अभावमा डुबेका थिए कि जब उनको एक वर्षिय छोराको मृत्यु भयो तब उनीसित कात्रो किन्ने पैसा थिएन । – प्रख्यात चित्रकार वान गँगले जीवन भर चित्र कोरिरहे तर उनको जीवनकालमा उनको जम्मा एउटा मात्र चित्र विक्रि भएको थियो । – वाल्ट डिज्नीको डिज्नील्याण्ड सफल हुनुपूर्व उनी आठ पट नर्भस ब्रेक डाउनको सिकार भएका थिए र एक पटक आत्महत्याको प्रयाश समेत गरेका थिए । – मोजार्टको मृत्यु कुपोषणको कारणले भएको थियो । उनी टुटे फुटेको कोठामा बस्थे । उनीसित बाल्ने दाउरा हुदैनथ्यो । चिसोले कठ्यांग्रिदा उनी खुट्टाको मोजा हातमा लगाउने गर्थे । उनको अन्त्येष्टिमा जम्मा ६ जना मानिस आएका थिए । “आगोले सुनलाई जाँच्छ भने विपत्तिले महान् मनुष्यलाई ।” –...
"Message From Ramhari" एउटा नेपालि प्रेरणादायी च्यानल हो । यहाँ हामीले नेपालि मोटिभेस्नल तथा अन्य सफलताका सुत्रहरु प्रस्तुत गर्ने गर्दछौ । वर्तमान समयमा नेपालीहरुले जीवनप्रतिको आशा र आफुमा रहेको आत्मविश्वासमा धैर्यता गर्न नसकेको बेला हामीले थप उर्जा प्रदान गर्न यो च्यानल संचालनमा ल्यायका हौ ।