Skip to main content

Posts

Showing posts from May, 2018

Heart Touching Line

SLC दिएपछि छुटिएका थियौँ हामी म कलेज धाएको थिएँ , ऊ साउदि कतार आज अचानक भेट हुन्छ म हिँड्दै कलेज जाँदै गर्दा , उसले ट्याक्क pulsor 220 ल्याएर अगाडि रोक्छ । मुस्कानको साटासाट पछि सोधिन्छ , " के गर्दै छौ त अचेल ? " " म त कलेज , तिमी ? " " म त बाहिर गएर आको यार " निक्कै हाईफाई ड्रेसमा सजिएको उसको अगाडि साधारण लुगामा मलाई उभिन लाज लाग्छ , आँखाबाट गग निकाल्दै उसले भन्छ , > " प्रगती गरेछौ यार पढेर , हामी त हरिलठ्ठक भैयो " खाजा खाँदै गफ गर्ने कुरा हुन्छ म उसको bike पछाडि बस्छु , उसले कुदाउँछ महँगै होटलमा गफ गर्दै खाजा खाइसकेपछि उसले waiter सँग बिल मगाउँछ उसले पर्स निकाल्छ , हजार हजारका नोट देखाउँदै मैले गोजी छाम्छु , बसमा भाडा तिर्नको लागि भनेर छुट्याएका १०-१० का नोट हातमा आउँछन् मेरो त्यो जरायो उसको हात्तिसामु निरीह हुन्छ फेरि बिल तिर्दै उसले भन्छ , > " जे होस् प्रगती गरेका छौ पढेर , हामी जस्तो हरामी भएनौ " फोन आउँछ उसको Iphone निकाल्छ गोजिबाट नयाँ घर जग्गा किन्ने कुरा गर्छ फोनमा मचाहीँ लेख्नलाई नयाँ पेन किनम् या रिफिल मात्र ? दोधारमा ...

मनछुने लाइन

एकचोटि फेरि फर्केर आउ मलाई रुवाउनको लागि मान्छेहरु भन्न थालेका छन्,मेरो शब्दमा दुखाई कम हुन थालेको छ।

सत्य कुरा

हसाउनलाइ जोक्स होइन साथी आफ्नो पिडा सुनाउनुपर्छ यो पापी दुनिया पेट मिचिमिची हास्न तयार छ।।।

मनछुने लाइन

आफ्नो हृदय र मनका कुराहरूमा चल्ने साहस गर्नुस । किनभने यो नै त्यो हो, जसलाई थाहा हुन्छ कि, तपाई वास्तवमा के बन्न चाहनुहुन्छ ।

मनछुने लाइन

जब तपाईको सोच एउटा सामान्य मान्छे भन्दा फरक हुन्छ तब सम्झिनु कि तपाई यो संसारमा अमुल्य भएर जन्मिनु भएको छ ।                 

मनछुने लाइनहरु

मृत्यु त्यो होईन जब तपाई यो संसार त्यागेर जानुहुन्छ, मृत्यु त तब हुन्छ जब तपाई हरेको मनबाट हराउनुहुन्छ ।

मनछुने लाइन