SLC दिएपछि छुटिएका थियौँ हामी
म कलेज धाएको थिएँ , ऊ साउदि कतार
आज अचानक भेट हुन्छ
म हिँड्दै कलेज जाँदै गर्दा , उसले ट्याक्क pulsor 220 ल्याएर अगाडि रोक्छ ।
मुस्कानको साटासाट पछि सोधिन्छ ,
" के गर्दै छौ त अचेल ? "
" म त कलेज , तिमी ? "
" म त बाहिर गएर आको यार "
निक्कै हाईफाई ड्रेसमा सजिएको उसको अगाडि साधारण लुगामा मलाई उभिन लाज लाग्छ ,
आँखाबाट गग निकाल्दै उसले भन्छ ,
> " प्रगती गरेछौ यार पढेर , हामी त हरिलठ्ठक भैयो "
खाजा खाँदै गफ गर्ने कुरा हुन्छ
म उसको bike पछाडि बस्छु , उसले कुदाउँछ
महँगै होटलमा गफ गर्दै खाजा खाइसकेपछि उसले waiter सँग बिल मगाउँछ
उसले पर्स निकाल्छ , हजार हजारका नोट देखाउँदै
मैले गोजी छाम्छु , बसमा भाडा तिर्नको लागि भनेर छुट्याएका १०-१० का नोट हातमा आउँछन्
मेरो त्यो जरायो उसको हात्तिसामु निरीह हुन्छ
फेरि बिल तिर्दै उसले भन्छ ,
> " जे होस् प्रगती गरेका छौ पढेर , हामी जस्तो हरामी भएनौ "
फोन आउँछ उसको
Iphone निकाल्छ गोजिबाट
नयाँ घर जग्गा किन्ने कुरा गर्छ फोनमा
मचाहीँ लेख्नलाई नयाँ पेन किनम् या रिफिल मात्र ? दोधारमा परेको हुन्छु
नयाँ जग्गा किन्ने सेटिङ्ग मिलाएर उसले फेरि भन्छ ,
> " पढाइ नछोड है , तिमी एउटै त भयौ हामीमाझ प्रगती गर्ने "
खाजा खाएर बाहिर निस्किइन्छ
" नम्बर देउ न बरु तिम्रो "
उसको Iphone अगाडि गोजीबाट Nokia को त्यो पुरानो सेट निकाल्न आँट आउन्न
मात्र नम्बर भनिदिन्छु
बिदाइको हात मिलाइन्छ
> " थुप्रो प्रगती गरेछौ यार पढेर , पछि फेरि कुनै दिन भेट्नु पर्छ है । एस्सो हामीजस्तो ग्वाँकलाई नि केही tips दिनु पर्छ तिमीले ! " बाइकको accelerator हुइँ हुइँ पार्दै उसले भन्छ ।
अनि pulsor को आवाजसँगै ऊ आफ्नो बाटो लाग्छ , म पनि चप्पल पट्काउँदै कलेजतिर लाग्छु
.
सोच्दै
.
" हो त है , मैले धेरै नै प्रगती गरेछु !!! "

Comments
Post a Comment