SLC दिएपछि छुटिएका थियौँ हामी म कलेज धाएको थिएँ , ऊ साउदि कतार आज अचानक भेट हुन्छ म हिँड्दै कलेज जाँदै गर्दा , उसले ट्याक्क pulsor 220 ल्याएर अगाडि रोक्छ । मुस्कानको साटासाट पछि सोधिन्छ , " के गर्दै छौ त अचेल ? " " म त कलेज , तिमी ? " " म त बाहिर गएर आको यार " निक्कै हाईफाई ड्रेसमा सजिएको उसको अगाडि साधारण लुगामा मलाई उभिन लाज लाग्छ , आँखाबाट गग निकाल्दै उसले भन्छ , > " प्रगती गरेछौ यार पढेर , हामी त हरिलठ्ठक भैयो " खाजा खाँदै गफ गर्ने कुरा हुन्छ म उसको bike पछाडि बस्छु , उसले कुदाउँछ महँगै होटलमा गफ गर्दै खाजा खाइसकेपछि उसले waiter सँग बिल मगाउँछ उसले पर्स निकाल्छ , हजार हजारका नोट देखाउँदै मैले गोजी छाम्छु , बसमा भाडा तिर्नको लागि भनेर छुट्याएका १०-१० का नोट हातमा आउँछन् मेरो त्यो जरायो उसको हात्तिसामु निरीह हुन्छ फेरि बिल तिर्दै उसले भन्छ , > " जे होस् प्रगती गरेका छौ पढेर , हामी जस्तो हरामी भएनौ " फोन आउँछ उसको Iphone निकाल्छ गोजिबाट नयाँ घर जग्गा किन्ने कुरा गर्छ फोनमा मचाहीँ लेख्नलाई नयाँ पेन किनम् या रिफिल मात्र ? दोधारमा ...